कुमारी क्यापिटल लिमिटेडले आज चौथो वार्षिक साधारण सभा गर्दै

Kumari Capital Limited

ज्ञानमाण्डू। कुमारी क्यापिटल लिमिटेडले भदाै २० गते (आज) चौथो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कुमारी बैंक लिमिटेड, टंगाल, काठमाडौंमा दिनको ०३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७९/०८० काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापुँजीको ५ प्रतिशतका दरले हुन आउने लाभाँश कर सहित रु.२ करोड रुपैया नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ भने यस कम्पनी अन्य कुनै कम्पनी एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन तथा नयाँ मर्जर समिति गठन गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x