धितोपत्र बजारमा २०.६४ अंकको वृद्धि, नेप्से परिसूचक २९४७.३८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २९४७ दशमलव ३८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ७० अंकले बढेर ५४६ दशमलव ३३ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर रु ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर ऒरालो लागेका छन्। बैंकिङ उपसमूह १९ दशमलव ४६ अङ्कले बढ्दा उत्पादन उपसमूह ९९ दशमलव ३२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६.७४ अङ्कले,  जलविद्युत उपसमूह ५५.९४ अङ्कले,  निर्जीवन बीमा ५०.४१ अङ्कले, सामूहिक लगनी कोष उपसमूह ०.२१ अङ्कले,  जीवन बीमा ८०.२७ अङ्कले र अन्य उपसमूह २३.८६ अङ्कले बढेको छ । यता, विकास बैंक उपसमूह २३ दशमलव ३३ अङ्कले, वित्त उपसमूह ०.९२ अङ्कले, लगानी उपसमूह ०.२६ अङ्कले, लघुवित्त उपसमूह ६.५४ अङ्कले र ट्रेडिङ उपसमूह ९.८३ अङ्कले घटेका छन्।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x