टेलिकमको ब्राण्ड एम्बासेडरमा महजोडी

maha jodi

ज्ञानमाण्डू। कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्राण्ड एम्बासेडर’ नियुक्त भएका छन् । कम्पनीले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै महजोडीलाई ब्राण्ड एम्बासेडर बनाएको हो । दुई पक्षबीच आजै भएको सम्झौतापछि श्रेष्ठ र आचार्य ब्राण्ड एम्बासेडर भएका हुन् ।

सम्झौता पत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्य र उनीहरूको मिडिया संयोजक शुभ मिडिया होमका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले कला र हास्य(व्यङ्ग्य क्षेत्रका दुई नक्षत्र टेलिकमसँग जोड्न पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरूका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बासेडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।

कार्यक्रममा श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ‘ब्राण्ड एम्बासेडर’ हुन पाएकोमा खुसी लागेको बताए । यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरूको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरू गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x