शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानी भने घट्यो


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यस अवधिमा खुद नाफा ९.२८ % ले बढेर १३ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा शिखर इन्स्योरेन्सले १२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी २७.९४ प्रतिशत बढेर १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषको आकार २८.२८ प्रतिशत घटेर ६३ करोड ८८ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको बिमा कोषको आकार भने २१.७७% ले बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा १ अर्ब ११ करोड रुपैयाँ थियो । त्यस्तै, इन्स्योरेन्सको महाविपत्ती कोष ४०.३२ प्रतिशतले बढेर १३ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २.५३ प्रतिशत बढेर ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत वर्ष इन्स्योरेन्सले ४३ करोड ४० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

यस अवधिमा इन्स्योरेन्सले ३ हजार ६१४ दाबीबापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४ पैसा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १७५० काे आधारमा मूल्य आम्दानी अनुपात ५७.५७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x