प्रभु बैङ्कको लाभांश प्रस्ताव, हेर्नुहोस् कति दिँदै छ बोनस र नगद लाभांश

ज्ञानमाण्डू।प्रभु बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक २३ गते, मांगलबारका दिन बसेको सञ्चालक समितिको २२८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १२.६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ समेत ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने प्रभु बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा प्रभु बैंक लिमिटेडले १० प्रतिशतले हुन आउने रकम बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम नगद लाभांश गरी जामा १०.५२६३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x