स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्मको क्यासव्याक


ज्ञानमाण्डू। SCT द्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्म क्यासव्याकको अफर रहेको छ ।

बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

यो अफर दीपावलीको सुखद् अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुने कम्पनीले उल्लेख गरेको छ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट QR नेटवर्कको सदस्य वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट QR मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासव्याकको लागि योग्य हुने कम्पनीले जनाएको छ ।

नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x