डिप्रोक्स लघुवित्तकाे नाफा १७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

deprosc laghubitta

ज्ञानमाण्डू। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२.३७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको डिप्रोक्स लघुवित्तले ६ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै डिप्रोक्स लघुवित्तले ७ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

डिप्रोक्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.२० प्रतिशतले घटेर ३५ करोड ९१ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.६७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३३८ काे आधारमा मूल्य आम्दानी अनुपात २६.७३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x