चालु आ.व.को साउन महिनामा मात्रै वाणिज्य बैंकहरुले कमाए ६ अर्ब अधिक नाफा, कुनको कति ?


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको गत साउन एक महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा २६ वटा वाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने मात्र एक वाणिज्य बैंक चालु आर्थिक वर्षको पहिलो महिनामा घाटामा रहेको देखिएको छ।

गत आर्थिक वर्षको पहिलो अर्थात साउन महिनामा वाणिज्य बैंकहरुले कुल ५ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका थिए। समिक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनाको अन्त्यसम्ममा उक्त बैंकहरुको नाफा २०.७१ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा अधिकांश वाणिज्य बैंकहरुले ६३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। त्यस्तै, साउन महिनामा लगभग सम्पूर्ण बैंकले नाफा कमाउँदा, नाफा कमाएका २६ वाणिज्य बैंकले औषतमा २४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यता, नेपाल बैंक भने चालु आर्थिक वर्षको साउन महिनामा १ करोड अधिक घाटामा रहेको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

  • सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक नै अगाडि, कुन बैंकको नाफा कति छ?

चालु आर्थिक वर्षको गत साउन एक महिनामा नबिल बैंक सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक भएको छ । नबिल बैंकले यस आर्थिक वर्षको पहिलो महिनामा ६१ करोड नाफा कमाएको देखिन्छ। यसैगरी ग्लाेबल आइएमई बैंकले पनि झन्डै आधा अर्व नाफा कमाएको छ। सो बैंकले चालु आर्थिक वर्षको गत साउन एक महिनामा मात्रै ४८ करोड नाफा कमाएको छ। एन आइ सी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ४१ करोड, सिद्धार्थ बैंकले ३२ करोड, प्राइम बैंकले ३० करोड ३८ लाख , एनएमबि बैंकले ३० करोड १९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २९ करोड, एभरेष्ट बैंकले २८ करोड ९३ लाख, मेगा बैंकले २८ करोड ४० लाख, प्रभु बैंकले २७ करोड, सानिमा बैंकले २६ करोड ६४ लाख, कृषि विकास बैंकले २६ करोड १७ लाख, कुमारी बैंकले २५ करोड र सिटिजन्स बैंकले २४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस अनुसार, चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा नाफा कमाएका २६ वाणिज्य बैंक मध्ये १४ वटा वाणिज्य बैंकहरुले औषत भन्दा धेरै नाफा कमाउन सफल भएको देखिन्छ।

त्यसै गरि, यस आर्थिक वर्षको साउन मसान्तसम्म माछापुच्छ्रे बैंकले २२ करोड नाफा कमाएको छ। समिक्षा अवधिसम्म लक्ष्मी बैंकले २१ करोड, सन्राइज बैंकले १८ करोड, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १५ करोड, नेपाल बंगलादेश बैंकले १४ करोड, नेपाल एसबिआई बैंकले १३ करोड ९८ लाख, हिमालयन बैंकले १३ करोड १३ लाख, सिभिल बैंकले १० करोड, बैंक अफ काठमाडौँले ९ करोड, सेञ्चुरि कमर्सियल बैंकले ७ करोड ३० लाख र राष्ट्रिय वाणिज्य बैंकले ७ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x