प्रभु लाईफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम रु.३३ देखि अधिकतम ७० रुपैयाँसम्म पाउने


ज्ञानमाण्डू। प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदर अनुसार प्रभु लाईफले जारी गरेका तिन किसिमका बीमालेख योजनाहरुमा न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । इन्स्योरेन्सले गत कात्तिक ५ गते बीमा समितिबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै २०७७ असार मसान्तसम्म जारि भएका मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

  • सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको १३ हजार ४ सय ७२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

  • सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७० रुपैयाँ बोनसदर तोकेको छ ।

इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको १ हजार ३ सय ७३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

  • अग्रिम भुक्तानी सावाधिक बीमा बीमालेख
अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेख अन्तर्गत इन्स्योरेन्सले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस अवधिका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x