सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे आईपीओ बिक्री खुला

samling power company

ज्ञानमाण्डू। सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज मिति २०७८ साल कात्तिक ४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि कुल ६ लाख ७८ हजार ९०० कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको हो ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले ७ करोड ३० लाख रुपैंया बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो। जस मध्ये कम्पनीले आफ्ना कर्मचारीहरुका लागि २% अर्थात् १४ हजार ६०० कित्ता तथा ५% अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि संरक्षण गरि, बाँकि रहने ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि आईपीओ निष्काशन गरेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा छिटोमा कात्तिक ८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस्तै, पर्याप्त आवेदन नआए कम्पनीको आईपीओ ढिलोमा कात्तिक १८ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंङ्ग लिमिटेड रहेको छ ।

यस सामलिङ्ग पावर कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि.ले “समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने [ICRANP -IR] BB- (Pronounced as ICRANP Issuer Rating Double B Minus)" प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x