वाणिज्य बैंकहरु मध्ये सर्वाधिक निक्षेपको ब्याज दर सनराइज बैंकले दिने


ज्ञानमाण्डू। असोज १ गतेबाट लागू हुने गरी वाणिज्य बैङ्कहरूले ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार बैङ्कहरू व्यापार विस्तारमा निकै आक्रामक देखिएका छन् । निक्षेपको ब्याज दर १० प्रतिशत अधिक पुगेको छ।

सनराइज बैङ्कले सर्वाधिक निक्षेपको ब्याज दर बढाएको हो। नयाँ ब्याजदर अनुसार सनराइज बैङ्कले ३ महिनादेखि ६ महिने मुद्दती निक्षेपको ब्याजदर बढाएर ९.१० प्रतिशत पुर्‍याएको छ । ६ महिनादेखि १ वर्षे अवधिको मुद्दतीको ब्याजदर बढेर ९.६० प्रतिशत पुगेको छ भने एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढेर १०.०७ प्रतिशत पुगेको छ ।

बैङ्कले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि बढाएको छ । जसअनुसार ३ महिनेदेखि ६ महिने अवधिको नयाँ निक्षेपको ब्याजदर ९ प्रतिशत र नवीकरण हुने निक्षेपको ब्याजदर ९.०७ प्रतिशत पुगेको छ । एक वर्षे तथा सोभन्दा बढी अवधिको संस्थागत निक्षेपमा नयाँको ब्याजदर १० प्रतिशत र नवीकरणको १०.०७ प्रतिशत पुगेको छ ।

सनराइज बैङ्कको अन्य सामान्य बचतको ब्याजदर पनि बढेको छ । बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश निक्षेपको ब्याजदर ५.०७ प्रतिशत पुगेको देखिन्छ । भदौमा बैङ्कले बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो।

बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार बैङ्कको साउन मसान्तसम्मको बेस रेट ७.०१ प्रतिशत कायम छ भने स्प्रेड रेट ३.९ प्रतिशत कायम रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x