एनआईसीएशिया ब्यालेन्स फण्ड(NICBF) र ग्रोथ फण्ड(NICGF)को मूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार भाद्र २७ गते, एनआईसीएशिया ब्यालेन्स फण्ड(NICBF) र एनआईसीएशिया ग्रोथ फण्ड(NICGF) नामक दुई सामुहिक लगानी कोषको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले आइतबार उक्त दुई सामुहिक लगानी कोषको नगद लाभांश पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।



नेप्सेले आइतबार एनआईसीएशिया ब्यालेन्स फण्ड नामक सामुहिक लगानी कोषको ३० प्रतिशत नगद लाभांश पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात एनआईसीएशिया ब्यालेन्स फण्डको शेयरमूल्य ११ रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर आइतबार एनआईसीएशिया ब्यालेन्स फण्ड नामक सामुहिक लगानी कोषको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात गत साताको अन्तिम कारोबारी दिन बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १४ रुपैयाँ २७ पैसाका आधारमा भाउ समायोजन गरेको हो ।


त्यस्तै, नेप्सेले आइतबार एनआईसीएशिया ग्रोथ फण्ड नामक सामुहिक लगानी कोषको ३० प्रतिशत नगद लाभांश पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात एनआईसीएशिया ब्यालेन्स फण्डको शेयरमूल्य १२ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर आइतबार एनआईसीएशिया ग्रोथ फण्ड नामक सामुहिक लगानी कोषको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात गत साताको अन्तिम कारोबारी दिन बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १५ रुपैयाँ २२ पैसाका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x