ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव योजना अन्तर्गत ७.२९%मै सवारी कर्जा

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारी साधन योजनाहरु सार्वजनिक भएका छन् ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरिदको लागि उपलब्ध हुने बैंकले जनाएको छ । साथै कर्जा आवेदन प्रक्रिया पुरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा अन्तर्गत ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x