नेप्सेमा कारोबार भईरहेका वाणिज्य बैङ्कहरू मध्ये नाफा, ईपिएस र लाभांश क्षमतामा को अब्बल ?

ज्ञानमाण्डू।आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्मको प्रतिवेदनलाई हेर्दा वाणिज्य बैङ्कहरूकाे वित्तीय विवरणहरू उत्साहजनक देखिन्छ। चौथो त्रैमास सम्मको अवधिमा नेप्सेमा सुचिकृत भएका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये ३ वटा वाणिज्य बैङ्कहरू बाहेक सबैले १ अर्ब माथि खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । यता, चौथो त्रैमास सम्मको अवधिमा सुचिकृत वाणिज्य बैङ्कहरू मध्ये मात्र २ वटा बैङ्कहरू बाहेक अधिकांश सबै वाणिज्य बैङ्कहरूको प्रति शेयर आम्दनी पनि १० रुपैंया भन्दा माथि नै रहेको देखिन्छ। त्यसै गरि, लाभांश क्षमताको आधारमा हेर्ने हो भने चौथो त्रैमास सम्मको अवधिमा सुचिकृत २६ वटा वाणिज्य बैङ्कहरू मध्ये १०% भन्दा तल लाभांश क्षमता रहेका ७ वटा वटा वाणिज्य बैङ्कहरू रहेको देख्न सकिन्छ। 

  • खुद मुनाफा आर्जन:

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्मको अपरिष्कृत वितिय विवरणको तथ्यांकलाई आधार मान्दा नबिल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडले समिक्षा अवधिमा ४ अर्ब माथि खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ। नबिल बैंकले चौथो त्रैमास सम्मको अवधिमा नेप्सेमा सुचिकृत भएका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक खुद नाफा कमाएको छ। बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्ममा ४ अर्ब ५० करोड रुपैँया खुद नाफा कमाएको छ। त्यस्तै, ग्लोबल आईएमई बैंक ४ अर्ब १२ करोड रुपैँया खुद नाफा कमाउन सफल भएको छ। यता, कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्म ३ अर्ब ६९ करोड रुपैँया, नेपाल इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ६५ करोड रुपैँया, प्राईम कमर्सियल बैंकले ३ अर्ब २५ करोड ४७ लाख रुपैँया, एनआइसी एशिया बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैँया र नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड रुपैँया खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ।

चौथो त्रैमास सम्मको अवधिमा नेप्सेमा सुचिकृत भएका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा कम खुद नाफा आर्जन गर्ने सिभिल बैंक लिमिटेड रहेको छ। बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्ममा ५५ करोड ९३ लाख रुपैँया खुद नाफा कमाएको छ। त्यसै गरि, १ अर्ब भन्दा कम नाफा कमाएका वाणिज्य बैङ्क नेपाल एसबिआई बैंक र  सेञ्चुरी कमर्सियल बैंकले क्रमश: ९६ करोड र ७५ करोड रुपैँया खुद नाफा कमाएका छन्। 

  • प्रति शेयर आम्दनी:

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्मको अपरिष्कृत वितिय विवरणको तथ्यांकलाई आधार मान्दा नेप्सेमा सुचिकृत भई कारोबार भईरहेका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक प्रति शेयर आम्दनी नबिल बैंक लिमिटेडको रहेको छ। चौथो त्रैमास सम्मको अवधिमा नबिल बैंकको प्रति शेयर आम्दनी ३२ रुपैँया ५३ पैसा रहेको छ। नबिल बैंक पश्चात् समिक्षा अवधिसम्ममा कृषि विकास बैंकको प्रति शेयर आम्दनी ३० रुपैँया ६५ पैसा पुगेको छ। त्यस्तै, एनआइसी एशिया बैंकको प्रति शेयर आम्दनी २८ रुपैँया ११ पैसा, हिमालयन बैंकको प्रति शेयर आम्दनी २८ रुपैँया ०५ पैसा, सिद्धार्थ बैंकको प्रति शेयर आम्दनी २५ रुपैँया ८७ पैसा, नेपाल बंगलादेश बैंकको प्रति शेयर आम्दनी २५ रुपैँया ४५ पैसा र नेपाल बैंक लिमिटेडको प्रति शेयर आम्दनी २४ रुपैँया २५ पैसा रहेको छ। 

चौथो त्रैमास सम्मको अवधिमा नेप्सेमा सुचिकृत भएका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये १० रुपैँया भन्दा कम प्रति शेयर आम्दनी रहेका दुई वाणिज्य बैङ्क सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक लिमिटेडको प्रति शेयर आम्दनी क्रमश: ८ रुपैँया ३ पैसा र ६ रुपैँया ४७ पैसा पुगेको छ।

  • लाभांश क्षमता:

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्मको अपरिष्कृत वितिय विवरणको तथ्यांकलाई आधार मान्दा नेप्सेमा सुचिकृत भई कारोबार भईरहेका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक लाभांश क्षमता नबिल बैंक लिमिटेडको रहेको छ। चौथो त्रैमास सम्मको अपरिष्कृत वितिय विवरणको तथ्यांकलाई आधार मान्दा नबिल बैंकको लाभांश क्षमता २९.९४ % रहेको देखिन्छ। नबिल बैंक पश्चात् समिक्षा अवधिसम्ममा नेपाल बैंकको लाभांश क्षमता पनि निकै राम्रो रहेको देखिन्छ। उक्त वाणिज्य बैङ्कले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट आफना शेयरधनीहरुलाई २७.६७% लाभांश दिन सक्ने क्षमता बनाएको छ। त्यस्तै, एभरेष्ट बैंकको लाभांश क्षमता २६.४७% र हिमालयन बैंकको लाभांश क्षमता २०.३% रहेको छ। यता, सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट आफना शेयरधनीहरुलाई १७.४५% लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास सम्मको अवधिमा नेप्सेमा सुचिकृत भएका २६ वटा वाणिज्य बैङ्कहरू मध्ये सबै भन्दा कम लाभांश क्षमता रहेका सिभिल बैंक र नेपाल एसबिआई बैंकको लाभांश क्षमता क्रमश: ५.७६% र ३.५७% रहेको देखिन्छ। 


Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x