माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बिच व्यवसायिक सम्झौता

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड (Agni Incorporated) बिच व्यवसायिक सम्झौता भएको छ ।

 सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । 
machhapuchchhre bank

उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेड (Agni Incorporated)  को तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ । 

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र Agni Incorporated का देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x