सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा १ हजार १ सय रुपैयाँ बढ्यो



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २३ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात अईतबार फागुन २२ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
50.00%
50.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x