सिभिल लघुवित्तले ८५ जना कर्मचारीहरू माग्याे, न्यूनतम याेग्यता SEE पास

civil laghubitta

Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त, राष्ट्रिय स्तरको वित्तीय संस्था हो । साे संस्थाबाट सञ्चालनमा रहेका तथा निकट भविष्यमा स्थापना हुन गई रहेका शाखा कार्यालयहरुको लागि कर्मचारी आवश्यक भएकोले तपसिल बमोजिमको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेकाे छ।

परीक्षाको किसिम : उल्लेखित पदहरुको प्रस्तुतीकरण/अन्तर्वार्ता हुनेछ।

विशेष प्राथमिकता : कम्प्यूटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट र नेपाली टाइपिङ्ग) सम्बन्धी ज्ञान भएको, मोटरसाईकल चालक अनुमतिपत्रप्राप्त, काठमाडौं उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरुमा (विशेष गरि दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) रहि कार्य गर्न इच्छुक उम्मेदवारहरुलाई विशेष प्राथमिकता दिईनेछ।

Click here to join viber community for all Vacancy Updates.

उमेरको हद : दरखास्त दिने अन्तिम दिनसम्म क्रम संख्या १, २ र ३ को लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र बाँकी उल्लेखित पदहरुको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर, महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।

तलब तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार।

छनौट सूचिमा परेका उम्मेदवारहरुलाई मात्र त्यसपछिको छनौट प्रकृयामा समावेश गराइनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारले निवेदनको साथमा वायोडाटा, फोटो र नागरिकताको प्रतिलिपिको साथै अनुभव माग भएको पदको लागि अनुभव खुल्ने पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र इमेल मार्फत [email protected] वा सिधै साे वित्तीय संस्थाको पायक पर्ने शाखा कार्यालयहरु वा चावहिल, काठमाडौं स्थित केन्द्रीय कार्यालयमा बुझाउन सूचित गरेकाे छ । छनौट प्रकृया सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहने कुरा साे संस्थाले सूचनामा उल्लेख गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x