विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डललाई पहिलो पटक विश्वकप उपाधि

ज्ञानमाण्डू।जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको १२ औँ संस्करणको उपाधि  घरेलु टोली इंग्ल्यान्डले हात पारेको छ । आइतबार भएको रोमान्चक विश्वकप फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको हो। लर्ड्स क्रिकेट मैदानमा न्युजिल्यान्डले दिएको २४२ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भए पनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।न्युजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेले । हेनरीको ७७ बलमा ४ चौकासहित ५५ रनको योगदान रहेतापनी टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।हेनरी २७ ओभरको पाँचौँ बलमा बोल्ड आउट भएका थिए ।

हेनरीले दोस्रो विकेटका लागि कप्तान केन विलियमसनसँग ७४ रनको साझेदारी गरेका थिए । कप्तान केन विलियम्सन ३० रन जोड्दै २३ ओभरको चौथो बलमा आउट भए । यस्तै न्युजिल्यान्डका टम लाथम ४७ रनमा आउट हुँदा ओपनर मार्टिन गुप्टिलले र जेम्स निशमले समान १९-१९ रन जोडेका थिए । न्यूजिल्यान्डका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्निय रन जोड्न सकेनन् ।

बलिङ्तर्फ इंग्ल्यान्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३-३ विकेट लिए । जोफ्रा आर्चर र मार्क उडको नाममा समान १ विकेट रह्यो ।

न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा जानुअघि इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले क्रमशः: ८४ र ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।  स्टोक्सले ९८ बलमा ५ चौका र २ छक्का सहित ८४ रनमा अविजित रहे भने  बटलरले ६० बलमा ६ चौका प्रहार गर्दै  ५९ रनमा क्याच आउट भए । पाँचौँ विकेटका लागि जस बटलर र बेन स्टोक्सले १ सय १० रनको उत्कृष्ट साझेदारी खेलेका थिए ।

ओपनर जोसन रोय १७ रनमा पेभिलिएन फर्काए भने अर्का ओपनर जोनी बयरस्टोले ५५ बलमा ७ चौका सहित ३६ रन जोड्न सफल रहे ।अन्य ब्याट्सम्यानहरूले उल्लेख्निय रन जोड्न सकेनन् । कप्तान इओन मोर्गनले ९ रन, जो रुटले  ७ रन, क्रिस वोक्स २ रन र लियाम प्लान्केटले १० रन जोडे ।

बलिङ्तर्फ न्युजिल्यान्डका जेम्स निशम र लकी फर्गुसनले ३-३ विकेट लिए  । कोलिन डी ग्राण्डहोम र म्याट हेनरीको को नाममा समान १ विकेट रह्यो । 

निर्धारित ५० ओभरमा दुवै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बेन स्टोक्सको ८ रनको योगदान रह्यो भने यता  जस बटलरको ७ रनको योगदान रह्यो । अन्तिम बलमा चौका प्रहार गर्दै बटलरले न्युजिल्यान्डलाई जितका लागि १६ रनको लक्ष्य दिएका थिए ।

यता  जवाफमा उत्री एको न्युजिल्यान्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भए पनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्यान्डले उपाधि जितेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x