आरम्भ चौतारी लघुवित्तको नाफा ३९०.५७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३९०.५७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२८ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरम्भ चौतारी लघुवित्तले १ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरम्भ चौतारी लघुवित्तले २ अर्ब ७७ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

आरम्भ चौतारी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११०.९८ प्रतिशतले बढेर ३० करोड ७२ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.२४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ०६ पैसा छ र मूल्य आम्दानी अनुपात ३८.२७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x