स्वावलम्बन लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार, प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा

ज्ञानमाण्डू। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७३.९२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९४ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वावलम्बन लघुवित्तले १० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै स्वावलम्बन लघुवित्तले ४ अर्ब ६१ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

स्वावलम्बन लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.६६ प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.३८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा छ र मूल्य आम्दानी अनुपात २५.२५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x