सिभिल लघुवित्तको अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार, प्रतिशेयर आम्दानी रु.२७.०४

ज्ञानमाण्डू। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४७४.५६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२४ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल लघुवित्तले ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै सिभिल लघुवित्तले १ अर्ब ६३ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

सिभिल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८०.५९ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.७५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा छ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x