मुद्दा फछ्योटको सङ्ख्या बढ्दो

ज्ञानमाण्डू।जिल्ला अदालतमा न्याय सम्पादन छिटो छरितो रूपमा हुन थालेपछि मुद्दा फछ्र्याेटको सङ्ख्या बढेका छन् । अदालतमा हालसम्म कूल ४२९ मुद्दा दर्ता भएकामा २४२ मुद्दाको फछ्र्योट भएको छ । मुद्दा फछ्र्योट छिटोछरितो रूपमा हुँदा अदालतको प्रगति प्रतिशत बढ्दो छ । 

जिल्ला अदालतले आर्थिक वर्ष २०७६/७७ को माघ मसान्तसम्म १७८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । माघ मसान्तसम्म २२६ मुद्दा फछ्र्योट भएपछि अदालतको १२७ प्रतिशत प्रगति देखिएको हो । न्याय सेवालाई प्रभावकारी बनाउन र जनताको पहुँच न्याय क्षेत्रमा पुर्‍याउने उद्देश्यका साथ छिटोछरितो रूपमा काम हुँदै आएको छ । जिल्ला अदालतले आव २०७६/७७ को हालसम्म ५६.४१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७६/७७ को हालसम्म कूल ४२९ मुद्दामा २४२ मुद्दाको फछ्र्योट गरिएका हुन् । एक सय ८७ मुद्दाको फछ्र्योट हुन बाँकी छ । 

कूल मुद्दामा २४२ मुद्दाको फछ्र्योट हुँदा अदालतको प्रगति ५६.४१ प्रतिशत रहेको न्यायाधीश खडक केसीले बताए । न्याय सेवालाई छिटोछरितो रूपमा सम्पादनले अदालतको नतिजा राम्रो देखिएको हो । आव २०७६/७७ को मुद्दा फछ्र्योट गर्ने लक्ष्य ३८१ रहेकामा हालसम्म २४२ मुद्दा फछ्र्योट हुँदा अदालतको प्रति ६३.५१ प्रतिशत देखिएको हो । अदालतमा दुनियाँवादी देवानी ३०३ मुद्दामा हालसम्म १७६ फछ्र्योट हुँदा १२७ मुद्दा अझै बाँकी रहेका छन् । दुनियाँवादी फौजदारी मुद्दा हालसम्म २९ रहेकामा १२ मुद्दाको फछ्र्योट हुँदा अब १७ मुद्दा बाँकी रहेका जिल्ला न्यायाधीश केसीले बताए । त्यसै गरी सरकारीवादी फौजदारी मुद्दा ९४ रहेकामा हाल ५१ मुद्दा फछ्र्योट भइसकेका छन् । हाल ४३ मुद्दाको अझै फछ्र्योट हुन सकेको छैन । 
अदालतका स्रेस्तेदार कृष्ण मुरारीले थुनुवा मुद्दातर्फ हालसम्मको जम्मा लागत ३७ थान मुद्दामा जम्मा १३ मुद्दा फछ्योट भइसकेका बताए । थुनुवातर्फ अझै २४ मुद्दाको फछ्र्योट हुन सकेको छैन । थुनुवा मुद्दाको फछ्र्योट हुँदा २७ थुनुवा सङ्ख्या छ । हाल दुई महिला र २५ पुरुष छन् । पुरुषमध्ये तीन जना विदेशी नागरिकसमेत रहेका मुरारीले बताए । स्थानीय तहमा गठित न्यायिक समितिका काम कारबाही प्रभावकारी बनाउन जिल्ला अदालतले निरीक्षण गरेको छ । न्यायिक समितिमा कानुनी दक्षता नभएका मानिस समितिमा हुँदा कार्यसम्पादनमा समस्या देखिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x