सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?

 

ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात बिहीबार साउन १४ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बिहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x