इंग्ल्यान्डद्वारा अफगानिस्तान विशाल अन्तरले पराजित

ज्ञानमाण्डूजारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ योसँगै इंग्ल्यान्डले जारी विश्वकपमा अफगानिस्तानलाई हराउँदै सर्वाधिक ठूलो जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन बनायो ।

अफगानिस्तानका लागि हशमतुल्लाह शाहिदिले सर्वाधिक रनको योगदान दिए । शाहिदिले ७६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै रामत शाहले ४६ रन, अस्गर अफगानले ४४ रन र कप्तान गुलबदीन नायब ३७ रन बटुले ।अफगानिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । 
बलिङतर्फ भने इंग्ल्यान्डका जोफ्रा आर्चर र आदिल रशिदले समान ३-३ विकेट लिए । मार्क उडले २ विकेट हात पार्न सफल रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्यान्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वाधिक ठुलो स्कोर हो । ३९७ रनको योगफल ४४ वर्षको विश्वकप इतिहासमा इंग्ल्यान्डको सबैभन्दा ठूलो स्कोर हो । सबैभन्दा ठूलो स्कोरको रेकर्ड अस्ट्रेलिया (४१७/६)को नाममा छ ।
इंग्ल्यान्डको विशाल स्कोरमा कप्तान इयान मोर्गनले उत्कृष्ट प्रदर्शन गरे ।मोर्गनले मात्र ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनको योग्दान दिन सफल रहे । योसँगै मोर्गन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् । उनले १६ छक्का प्रहार गर्ने रोहित शर्मा, क्रिस गेल र एबी डिभिलियर्सको रेकर्ड तोडेका हुन् ।

त्यस्तै इंग्ल्यान्डका जो रुट र जोनी बेयरस्टोले क्रमश: ८८ र ९० रनको अर्धशतकीय योगदान दिन सफल रहे । जेम्स भिन्सको २६ रनको योगदान रह्यो भने मोइन अली ३१ रन सहित अविजित रहे ।

बलिङतर्फ भने अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३-३ विकेट लिए ।

ईङ्ल्याण्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । अंक विहिन अफगानिस्तान तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x