कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा

mega bank nepal limited
ज्ञानमाण्डू। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिन देखि शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । 

कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको मेगा बैंकको यो २०७ औं शाखा  रहेको बैंकले उल्लेख गरेको छ।  

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x