कति पाउला मनकामना स्मार्ट लघुवित्तको आईपीओले पहिलो कारोबारको रेञ्ज ?

ज्ञानमाण्डू।मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्राथमिक शेयर (आईपीओ) काे बाँडफाँड समापन भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूको जिज्ञासा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने रहेको छ।

मनकामना स्मार्ट लघुवित्तले २०७८ साल अषाढ १७ गतेदेखि अषाढ २१ गतेसम्म सर्वसाधारणका लागि बिक्रि खुला गरेको प्राथमिक शेयर(आईपीओ) यहि अषाढ २८ गते बाँडफाँड भएको हो । धेरै लगानीकर्ताहरुको हात खाली भएको उक्त आईपीओमा आवेदन दिएका कुल १९ लाख ५४ हजार २७४ जना सर्वसाधारण लगानिकार्ता मध्य मात्र ३६ हजार ३४७ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् भग्यमाणी २ जना आवेदकले ११ कित्ताका दरले आइपिओ प्राप्त गरेका छन् । १९ लाख १५ हजार १ सय ७२ जना सर्वसाधारण लगानिकार्ताको हात भने खाली भएको उक्त आईपीओको दोस्रो बजार प्रति शेयर मूल्य भने कति तोकिएला भन्ने प्रश्न हाल सबैको चासोको विषय बनेको छ ।

सर्वसाधारण लगानिकार्ताको जिज्ञासाको विषय बनेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबारको ओपनिङ्ग रेञ्जका बारेमा चर्चा गर्दै गर्दा सर्वप्रथम यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर नेटवर्थको कुरा गरौँ ।



नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेकाे विवरण पत्र अनुसार उक्त कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिशेयर नेटवर्थ ११० रूपैयाँ ८४ पैसा रहेको जानकारी दिएको छ । धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हरेक कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीकाे प्रति शेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

यहि विषयलाई आधार मान्दा, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ओपनिङ्ग रेञ्ज नेप्सेले न्युनतम ११० रूपैयाँ ८४ पैसा देखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म निर्धारण गर्न सक्ने सम्भावना रहेकाे देखिन्छ । अर्थात् सोही रेञ्जभित्र रहेर मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार हुने देखिन्छ। तर, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार ओपनिङ्ग रेञ्ज भने तोक्न अझै बाँकी नै रहेको छ । नेप्सेले कम्पनीको ओपनिङ्ग रेञ्ज साथै उक्त कम्पनीको प्रतीक चिन्ह पनि निर्धारण गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x