सुरुमै लाभांश घोषणा गर्ने ट्रेन्ड रहेको फर्स्ट माइक्रोफाइनान्सको यस्तो छ साधारणसभा इतिहास



ज्ञानमाण्डू।फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, अधिकांश वित्तीय संस्थाहरू मध्ये सर्वप्रथम लाभांश घोषणा गरेर वार्षिक साधारण सभा सम्पन्न गर्ने संस्था हो। लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज श्रावण ४ गतेका दिन सार्वजनिक गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ को लाभांश २०७७ साल भाद्र १० गतेका दिन प्रस्ताव गरेको थियो भने वार्षिक साधारण सभा २०७७ साल मङ्सिर १८ गतेका दिन सम्पन्न गरेको थियो। लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई चुक्ता पुँजीको ९ दशमलव ५ प्रतिशत बोनस शेयर तथा ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव अघि सारेको थियो। वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले मिति २०७७ साल मङ्सिर ५ गतेका दिन, एक दिनका लागि संस्थाको शेयर धनी दर्ता किताब बन्द(बुक क्लोज) गरेको थियो ।

यस्तो छ कम्पनीको वार्षिक साधारण सभाको इतिहास:



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा गत आर्थिक वर्षको तुलनामा १.२९ प्रतिशतले बढेको छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा १३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आ.व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा सापटी ६४.४० प्रतिशतले र कर्जा लगानी ४८.०२ प्रतिशतले बढाएको छ । ८ अर्ब ६० करोड रुपैयाँ सापटीबाट ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्तको जगेडा कोषमा भने २८ करोड १ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै लघुवित्तको निष्कृय कर्जा अनुपात ० प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा र पछिल्लो कारोबार मूल्य रु ८६६ को आधारमा मूल्य आम्दानी अनुपात ५३.६५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x