यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला

ज्ञानमाण्डू।यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज मिति २०७८ साल अषाढ २४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ५८ लाख ५ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको हो ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कूल जारी पूँजी २ अर्ब १५ करोड रुपैंयाको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ६४ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ५% अर्थात् ३ लाख २२ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई र ५% अर्थात् ३ लाख २२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ५८ लाख ५ हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा छिटोमा अषाढ २८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस्तै, पर्याप्त आवेदन नआए कम्पनीको आईपीओ ढिलोमा श्रावण ७ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३२,२५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थालाइ ईक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौंले [ICRANP-IR] BBB" रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations) जनाउँदछ । सो ग्रेडिङ्ग को वैधता अवधि एक बर्ष रहनेछ । ईक्रा नेपाल लिमिटेडले यस संस्थालाइ  मिति : २०२१/०५/१७ मा क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको थियो ।

यस संस्थाको तत्काल चुक्ता पूँजी रु.१,५०५,०००,०००/- (अक्षरुपी एक अरब पचास करोड पचास लाख) रहेको छ । जसलाई प्रति शेयर रु.१००/- दरले १,५०,५०,०००/- (एक करोड पचास लाख पचास हजार) थान साधारण शेयरमा विभाजन गरिएको छ । प्रारम्भिक सार्वजनिक निष्काशन गरी साधारण शेयरको बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी २,१५०,०००,०००/- (अक्षरुपी दुई अर्व प्रन्ध्र करोड रुपैया) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x