हेर्नुहोस् राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार अषाढ १५ गते, राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार राधी विद्युत कम्पनीको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।


नेप्सेले मंगलबार राधी विद्युत कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात राधी विद्युत कम्पनीको शेयरमूल्य ८२१ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबार राधी विद्युत कम्पनीको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार १२० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x