एनएलजी इन्स्योरेन्सको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

ज्ञानमाण्डू।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल जेठ १७ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ३३२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १० दशमलव ५२६३ प्रतिशतले हुन आउने रकम लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैँयाको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैँया रकम बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैँया रकम बराबरको नगद लाभांश(बोनस शेयरमा लाग्ने कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । गत आर्थिक वर्ष एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने रकम नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x