यहि श्रावण ७ देखि ७ वर्ष अवधिको ८.७५% ब्याजदर भएको “मुक्तिनाथ ऋणपत्र २०८४/८५” बिक्री खुला हुँदै


ज्ञानमाण्डू।मुक्त्तिनाथ विकास बैंक लिमिटेडले यहि श्रावण ०७ गतेदेखि बिक्री खुला हुने गरी “मुक्तिनाथ डिबेन्चर/ऋणपत्र २०८४/८५” नामक ऋणपत्र निष्काशनमा ल्याएको छ।

बैंकले रु. १ अर्ब २५ करोड बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका दरले कुल १२ लाख ५० हजार कित्ता हुन आउने ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको कुल ऋणपत्रमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थाहरु लाई व्यक्तिगत तवर(Private Placement) बाट बिक्री गर्नेछ । बाँकी रहेको ५० करोड रुपैयाँ बराबरको कुल ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको हो । त्यस्तै, बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको ५ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

मुक्त्तिनाथ विकास बैंक लिमिटेडले निष्काशन गरेको “मुक्तिनाथ डिबेन्चर/ऋणपत्र २०८४/८५” ऋणपत्रको अवधि ७ वर्षको हुने छ । वार्षिक ८ दशमलव ७५ प्रतिशतका दरले लगानीकर्ताहरुलाई उक्त ऋणपत्र बापत अर्धवार्षिक रुपमा(६/६ महिनामा साउन १ र माघ १ गते) ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।

मुक्त्तिनाथ विकास बैंकद्धारा जारी गरिएको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण अर्थात ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र बिक्री छिटोमा श्रावण ११ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए ऋणपत्र बिक्री ढिलोमा श्रावण २१ गते सम्म लम्बिने छ ।

यस बैंकलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले मध्यमकर्जा जोखिम (Moderate Credit Risk) जनाउने " CARE-NP BBB(IS) " रेटिङ्ग २०७८/०१/१२ मा प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग ग्रेडलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम (Moderate) मात्रामा सुरक्षित मानिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा(ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा(CASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x