सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ९ गते, आईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार जेठ ७ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।



आईतबार सुनको मूल्यमा वृद्धि भएपनि चाँदीको मूल्यमा भने गिरावट आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x