एन आई सी एशिया बैंकको आकर्षक Cashback सहितको ‘उत्तरदायी बनौं, Mobank गरौं’ योजना



ज्ञानमाण्डू । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न अहिले देशका अधिकांश स्थानमा निधेषाज्ञा लागू भईरहेको अवस्थामा नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, Mobank गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

उक्त योजना अनुसार एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता (Cashback) प्राप्त गर्न सक्नेछन् र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाकारी दिएको छ । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC Asia Mobank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहक महानुभावहरूले NIC Asia Mobank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC Asia Mobank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । उक्त iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन र बचत स्कीम परिवर्तन गर्न), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन र Insta buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्नेछन् ।

बैंकको NIC Asia Mobank एप प्रयोग नगरेका ग्राहक महानुभावहरूले प्ले स्टोर वा एव स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्ता समेत गर्न सक्ने सुविधा रहेको छ । बैंकले डिजिटल कारोबारमा बढि भन्दा बढी ग्राहक महानुभावहरूलाई सहभागी गराउनका लागि प्रवद्र्धन गर्न बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम रू. २५० सम्म तथा iServe मार्फत मोबाइल बैंकिङ्ग दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म नगद फिर्ताको जोजना कार्यान्वयन गरिरहेको जनाएको छ । साथै, प्रत्येक हप्ता सुपर सिक्स योजना अन्तर्गत ग्राहकहरूले NIC Asia Mobank एपबाट QR कोड स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x