ग्लोबल आइएमई बैङ्कद्वारा ब्याजदर सार्वजनिक, कुन निक्षेप खातामा कति ?

ज्ञानमाण्डू। असोज १ गतेबाट लागू हुने गरी ग्लोबल आइएमई बैङ्कले ब्याजदर सार्वजनिक गरेको छ। मुद्दती निक्षेपको ब्याज दर बैङ्कले १२ प्रतिशत अधिक पुर्‍याएको छ भने बचतको ब्याज दर अधिकतम ९.१३३ प्रतिशत रहेको देखिन्छ।

नयाँ ब्याजदर अनुसार ग्लोबल आइएमई बैङ्कले ३ महिना वा सो भन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर १२.१३३ प्रतिशत पुर्‍याएको छ भने बैङ्कले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३३३ प्रतिशत पुर्याएकाे छ । त्यस्तै बैङ्कले रेमिटेन्स मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भन्दा न्यूनतम १ प्रतिशत बढी ब्याजदर दिने भएको छ। 

ग्लोबल आइएमई बैङ्कको अन्य बचत खाताको ब्याजदर पनि बढेको छ । बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार अन्य बचत खाताको ब्याजदर ७.१३३३ प्रतिशत, ज्येष्ठ नागरिक बचत खाताको ब्याजदार ८.१३३३ प्रतिशत र सबै नेपालीको बचत खाताको ब्याजदर ९.१३३ प्रतिशत पुगेको देखिन्छ । 

बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार बैङ्कको असार मसान्तसम्मको बेस रेट ९.४० प्रतिशत कायम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x