सफा टेम्पोमा प्रभु बैंक लि. को क्यू आर कोड सेवा सञ्चालनमा

ज्ञानमाण्डू।प्रभु बैंक लि. ले आफ्नो मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक लि. को क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मि ल्ने व्यवस्था मिलाईएको जानकारी बैंकले जनाएको छ ।


प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रु महानुभावहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको कुरा बैङ्कले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x