दक्षिण कोरियन इलेकट्रोनिक्स कम्पनी सामसुङका अनौठा तथ्यहरू

samsung

ज्ञानमाण्डू। सामसुङ दक्षिण कोरियाको ठुलो बहुराष्ट्रिय इलेकट्रोनिक्स कम्पनी हो। यसका संस्थापक Lee Byung Chul हुन्।अहिले धेरैको हातमा सामसुङको मोबाइल साथै घर र कार्यालयमा सामसुङका विभिन्न ग्याजेटहरू देख्न सकिन्छ। आउनुहाेस् हाम्रो दैनिकीमा प्रयोग हुने विभिन्न डिभाइसहरूकाे उत्पादक कम्पनी सामसुङका केही रोचक तथ्यका बारेमा चर्चा गराैँ।

१. सामसुङका संस्थापक Chul को मृत्यु १९ नोभेम्बर १९८७ मा भएको थियो।

२. Samsung एउटा कोरियन शब्द हो जसको अर्थ, three star हो Sam भन्नाले three अनि sung भन्नाले star लाई बुझिन्छ।

३. तपाईँलाई विश्वास नलाग्न सक्छ सो कम्पनीको सुरुवातमा जम्मा ४० जना कामदारहरू थिए, तर आज करिब ३,८०,००० मानिसहरू सामसुङसँग आबद्ध छन्।

४. प्रत्येक एक मिनेटमा संसारभरिमा सामसुङका १०० वटा भन्दा बढी टेलिभिजनहरू बिक्री हुन्छन्।

५. साउथ कोरियाको जिडिपी को १५% हिस्सा सो कम्पनीले ओगट्ने गरेको छ।

६. सगरमाथामाबाट पहिलो ३ जी कल सामसुङ फोन बाट गरिएको थियो।

७. आइफोन को रेटिना डिस्प्ले पनि सामसुङले नै बनाउने गर्दछ।

८. सामसुङले टेक्नोलोजी सम्बन्धी मात्रै नभएर अन्य केही Non Profitable काम पनि गर्दछ। जस्तै यसले प्रत्येक वर्ष १०० मिलियन डलर आफूले सञ्चालन गरेको सामसुङ मेडिकल सेन्टरमा डोनेट गर्ने गरेको छ।

९. सामसुङको पहिलो मोबाइल फोन सन १९८६ मा लन्च भएको थियो।

१०. सन् १९३८ मा सुरु भएको साे कम्पनीले सुरुमा माछा बेच्ने गर्दथ्यो।

११. र्‍याम वा मेमोरी कार्ड बनाउने ठुला कम्पनी मध्यको एक सामसुङ हो।

१२. आज बजारमा पाइने करिब ७०% स्मार्ट फोनमा सामसुङले बनाएको र्‍याम प्रयोग हुन्छ।

१३. दुबईको बुर्ज खलिफा जुन संसारको सबै भन्दा अग्लो भवन हो, यसलाई सामसुङले नै बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x