एभरेष्ट इन्सुरेन्सको ८.४२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


ज्ञानमाण्डू।साधारण सभा प्रयोजनका लागि बैशाख २९ गते संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने तयारिमा रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बैशाख २८ गते मङ्गलबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बनेका लगानिकर्ताहरुले एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ शुन्य दशमलव  ४२ प्रतिशतले हुन आउने नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लाभांश पारित गर्ने प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १० गते सोमबार, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय हात्तिसार, काठमाडौँमा भिडियो कन्फ्रेन्सका माध्यमबाट २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। इन्स्योरेन्सको बैशाख १९ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

विशेष प्रस्ताव तर्फ, सभामा कम्पनीले ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८% बोनसशेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्न लागेको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त Meeting ID/ password का लागि कम्पनीको Email id:[email protected] मा समयमा नै सम्पर्क गरी प्राप्त गर्न सकिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x