एभरेष्ट इन्स्योरेन्सले जेष्ठ १० गते वार्षिक साधारण सभा गर्ने, हेर्नुहोस् बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जेष्ठ १० गते, सोमबारका दिन २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा दिउसो २ बजे पश्चात् एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय , हात्तिसार , काठमाडौँमा भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ। इन्स्योरेन्सको बैशाख १९ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त Meeting ID/ password का लागि कम्पनीको Email id:[email protected] मा समयमा नै सम्पर्क गरी प्राप्त गर्न सकिने जानकारी दिएको छ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

विशेष प्रस्ताव तर्फ, सभामा कम्पनीले ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८% बोनसशेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्न लागेको हो ।

२६ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मिति २०७८/०१/२९ गतेका दिन संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०१/२८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x