विद्युतीय भुक्तानी; बढ्दो कनेक्ट आइपियसको लोकप्रियता


-विक्रम भट्टराई
ज्ञानमाण्डू।पछिल्लो समय विद्युतीय भुक्तानीको प्रयोग र कारोबार बढ्दै गएको छ। यस्तै, विद्युतीय भुक्तानी प्रदायक कनेक्ट आइपियसको लोकप्रियता पनि बैंकिंग, सरकारी तथा अन्य क्षेत्रहरूमा निकै बढेको देख्न सकिन्छ। नेपाल राष्ट्र बैङ्कको चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्क अनुसार नेपालमा विद्युतीय भुक्तानी प्रदायक कनेक्ट आइपियस मार्फत सेवा लिने ग्राहकको सङ्ख्या निकै वृद्धि भएको छ ।

समीक्षा अवधिमा विद्युतीय भुक्तानी प्रदायक कनेक्ट आइपियस मार्फत सेवा लिने ग्राहकको सङ्ख्या वृद्धि भएसँगै कारोबार सङ्ख्या र रकम दुवै उकालो लागेका छन्। चालु आर्थिक वर्षको सुरुवातमा कनेक्ट आइपियसको प्रयोग मार्फत ६ लाख ९६ हजार ४४७ वटा कारोबार भएका थिए। बढ्दो लोकप्रियता सँगै चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा विद्युतीय भुक्तानी प्रदायक कनेक्ट आइपियस मार्फत गरिने कारोबार सङ्ख्या बढेर १६ लाख ३ हजार ५९८ पुगेको छ। चालु आर्थिक वर्षको सुरुवात र फागुन महिनासम्म आई पुग्दाको तथ्याङ्क तुलना गर्ने हो भने कनेक्ट आइपियसको कारोबार सङ्ख्यामा १३० प्रतिशतको वृद्धि देख्न सकिन्छ।

कारोबार सङ्ख्यामा वृद्धि भएसँगै कनेक्ट आइपियस मार्फत गरिने कारोबार रकम पनि उकालो लागेको छ। चालु आर्थिक वर्षको सुरुवातमा कनेक्ट आइपियसको प्रयोग मार्फत ५१ अर्ब ३० करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको थियो जुन, फागुन महिनासम्म आइपुग्दा विस्तार हुँदै ११० अर्ब ५७ करोड १९ लाख ८० हजार ८२३ रुपैंया कायम भएको छ। चालु आर्थिक वर्षको सुरुवात र फागुन महिनासम्म आई पुग्दाको तथ्याङ्क तुलना गर्ने हो भने कनेक्ट आइपियसको कारोबार रकम ११५ प्रतिशतले उकालो लागेका छ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ।

कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिँदैन ।

तथ्याङ्क स्रोत : नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x