कुमारी बैंकको वितरणयोग्य मुनाफामा उल्लेखनीय सुधार , चालू आ.व.मा ९.५% सम्म लाभांश वितरण गर्न सक्ने


ज्ञानमाण्डू। कुमारी बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैङ्कले खुद नाफा र वितरणयोग्य मुनाफामा उत्साहजनक प्रगति गरेको छ भने यस बैङ्कका समग्र वित्तीय विवरणका परिसूचकहरूमा सुधार देखिएको छ।

कुमारी बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ७८ दशमलव ५८ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई गत आ.व. सोही अवधिको तुलनामा रू. ७९ करोड अधिक खुद मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधि(चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्त)सम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको वितरणयोग्य मुनाफा ४ करोड ५० लाख रुपैयाँ रहेको थियो। बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा २०८५ दशमलव १५ प्रतिशतको उल्लेखनीय वितरणयोग्य मुनाफा वृद्धि भएको जनाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको खुद ब्याज आम्दानी पनि बढेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा २ अर्ब ७५ करोड रुपैयाँमा सीमित कुमारी बैङ्क लिमिटेडको खुद ब्याज आम्दानी बढेर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आई पुग्दा ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ०४ प्रतिशतको बढोत्तरी गर्न सफल भएको देखिन्छ ।

गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैङ्क लिमिटेडको चुक्ता पुँजी चालू आ.व. चैत मसान्तसम्ममा आइपुग्दा १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको चुक्ता पुँजी १० दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिसम्ममा बैङ्कको जगेडा कोष ३३ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। यता, बैङ्कको सञ्चित मुनाफामा भने गिरावट आई १ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको सञ्चित मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

बैङ्कको चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. १ खर्ब २९ अर्ब पुगेको छ । बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैङ्कले कर्जा लगानीतर्फ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ५५ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

साथै बैङ्कले गत आ.व. तेस्रो त्रैमाससम्मको अवधिको तुलनामा निक्षेप सङ्कलन रू. १ खर्ब २७ अर्ब पुर्‍याउन सफल भएको छ । बैङ्कले गत आ. व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । बैङ्कले निक्षेप सङ्कलनतर्फ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ५७ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

गत आर्थिक वर्षको अन्त्यमा ०.९८ प्रतिशत रहेको कुमारी बैङ्क लिमिटेडको निष्क्रिय कर्जा यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ दशमलव ०९ प्रतिशतमा कायम भएको बैङ्कले जनाएको छ ।

यस अवधिसम्ममा बैङ्कको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २४ पैसाले बढेर १७ रुपैयाँ ३७ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ पनि २ रुपैयाँ ८४ पैसाले बढेर १३५ रुपैयाँ ४९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैङ्कको प्रतिशेयर खुद मूल्य १३५ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८ दशमलव ८८ गुणा रहेको छ ।

कुमारी बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। उक्त वितरणयोग्य मुनाफालाई वार्षिक करण गर्दा वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड हुन आउँछ। उक्त वार्षिकरण गरिएको वितरणयोग्य मुनाफालाई हाल कायम शेयर सङ्ख्या १३ करोड ८७ लाख ८४ हजार ७४९ कित्ता शेयरले भाग गर्दा ९ दशमलव ५ प्रतिशत हुन आउँछ। यस अर्थ, कुमारी बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ मा ९ दशमलव ५ प्रतिशत लाभांश आफ्ना लगानीकर्ताहरू माझ वितरण गर्ने क्षमता बनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x