भारत भन्दा नेपालमा कति रुपैयाँ सस्तोमा पाईन्छ पेट्रोल डिजेल ?

petrol price in nepal

ज्ञानमाण्डू।भारत भन्दा नेपालमा पेट्रोल डिजेलको भाउ सस्तोमा पाईने गरेको छ । नेपाल आयल निगमले उपलब्ध गरेको तथ्यांक अनुसार पेट्रोल भारतको रक्सौल भन्दा नेपालको बीरगञ्जमा २९ रुपैयाँ २३ पैसा सस्तो रहेको छ भने डिजेल ३५ रुपैयाँ सस्तो रहेको छ । रक्सौलमा पेट्रोलको मूल्य प्रति लिटर मूल्य १४८ रुपैयाँ ७३ पैसा रहेकोमा बीरगञ्जमा ११९ रुपैयाँ ५० पैसा रहेको छ त्यस्तै रक्सौलमा डिजेलको मूल्य प्रति लिटर मूल्य १३७ रुपैयाँ ९१ पैसा रहेकोमा बीरगञ्जमा १०२ रुपैयाँ ५० पैसा रहेको छ।


नेपाल र भारतबीच खुला सिमा भएको कारणले गर्दा नेपालबाट अवैध रुपमा तेल भारत तर्फ तस्करी हुँदै आएका घटनाहरु बेला बेलामा सार्वजनिक हुँदै आएका छन् भने भारतको सीमावर्ती बजारका सवारीसाधनले नेपालको पेट्रोल पम्पमा आएर तेल भर्न रुची राख्दछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x