नेप्सेमा बुधबार नारायणी डेभेलपमेन्ट बैंकको १००% हकप्रद शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, बैशाख ८ गतेका दिन नारायणी डेभेलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार नारायणी डेभेलपमेन्ट बैंकको कुल ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।


नारायणी डेभेलपमेन्ट बैंक लिमिटेडले गत माघ १३ देखी फागुन ३ गतेसम्मका लागि आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ १०० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको थियो । बैंकको सोहि हकप्रद शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x