लगातार ऒरालो लागेर सम्हालिएको धितोपत्र बजारमा फेरी दोहोरो अङ्कको गिरावट


ज्ञानमाण्डू। मंगलबारका दिन एकल अङ्कले वृद्धि भएको धितोपत्र बजार शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव २१ अंकले घटेर ४७६ दशमलव ३९ को विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबारी दिन अर्थात् मंगलबार नेप्से परिसूचक २ दशमलव ६८ अंकले बढेर २६६४ दशमलव ६१ को विन्दुमा कायम भएको थियो भने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५० अंकले बढेर ४७९ दशमलव ६० को विन्दुमा पुगेको थियो ।


अघिल्लो कारोबारी दिन कूल २१६ कम्पनीका १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर रु ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० मा खरिद बिक्री भएका थिए । आज बुधबारका दिन कूल २१४ कम्पनीका १ करोड ६७ लाख ८७ हजार २१८ कित्ता शेयर रु ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ४४ अर्ब ८२ करोड १३ लाख १० हजार बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये अधिकांश उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २४ दशमलव ९२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १.६५ अङ्कले, होटल तथा पर्यटन उपसमूह २०.१३ अङ्कले, विकास बैंक उपसमूह ६१.३३ अङ्कले, जलविद्युत उपसमूह २९.८२ अङ्कले, वित्त उपसमूह २०.७६ अङ्कले, निर्जीवन बीमा उपसमूह १५४.२३ अङ्कले, उत्पादन उपसमूह ८२.४ अङ्कले, अन्य उपसमूह १७.४१ अङ्कले, लघुवित्त उपस मूह ५६.१९ अङ्कले, जीवन बीमा उपसमूह १४५.०७ अङ्कले र लगानी उपसमूह १ दशमलव ४३ अङ्कले घटेको छ भने यता, सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०२ अङ्कले बढेको छ।


कारोबारको आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । आज निफ्राको २५ करोड ४५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव ०४ प्रतिशतले घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २२ करोड ६ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ९ दशमलव ८० प्रतिशतले बढेको छ ।

आज नागरिक लगानी कोषको १८ करोड ३७ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज मन्जुश्री फाईनान्स लिमिटेडको १६ करोड ८३ लाख रुपैयाँ माथिको र अपी पावर कम्पनी लिमिटेडको १५ करोड ५२ लाख माथिको शेयर कारोबार भएको छ।



आज ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यता, महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले पनि ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, ग्रीन डेभेलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन्। यता हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन्।



आज लिबर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् । यता हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी डेभेलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ३ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x