नेपाल टेलिकमको विभिन्न प्याकेज सहितको स्प्रिङ अफर (Spring Offer) सार्वजनिक

ज्ञानमाण्डू।नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर (Spring Offer) सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमले थप जानकारी दिएको हो ।

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा रु. २९९ मा उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा रु. १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याएको टेलिकमले उल्लेख गरेको छ । ५ दिन प्रयोग गर्न सकिने उक्त अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ भने उक्त अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको कम्पनीले उल्लेख गरेको छ । उक्त अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याएको टेलिकमले जानकारी दिएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले उल्लेख गरेको छ ।

यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । उक्त प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिएको टेलिकमले थप जानकारी दिएको हो ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने कुरा टेलिकमले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

(माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x