नेपाल राष्ट्र बैंक सेवातर्फको सहायक पदको अन्तिम नतिजा सार्वजनिक, पूर्ण नतिजा सहित


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकमा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक (सहायक द्वितीय) विज्ञापन नं. १३/२०७६ मा माग (पदसंख्या: ३१, खुलातर्फ -१७, महिलातर्फ -५, आदिवासी जनजातितर्फ -३, मधेशीतर्फ -३, दलिततर्फ -२ र पि.क्षे.तर्फ -१ जना) बमोजिमको पदसंख्यामा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षा तथा नेपाल राष्ट्र बैंकबाट लिइएको अन्तर्वार्ताको आधारमा सफल भएका उल्लिखित नाम, थर र रोल नं. भएका उम्मेदवारहरु निम्नबमोजिमको योग्यताक्रमानुसार नियुक्तिको लागि छनौट भएको व्यहोरा बैंकले जानकार गराएको छ । 

छनौट भएका मुख्य उम्मेदवारहरुले नियुक्ति लिने सिलसिलामा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा २०७८ बैशाख ६ गते सोमबारका दिनभित्र सम्पर्क राख्नु हुन सूचित गरेको छ । साथै, स्वास्थ्य परीक्षण तथा अन्य व्यहोरा अनुकूल भएमा नियुक्ति दिइने र उक्त तोकिएको मितिभित्र सम्पर्क राख्न नआएमा नेपाल राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली अनुसार हुने व्यहोरा  बैंकले जानकार गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x