प्राइम लाइफको १५ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव

Prime Life Insurance

ज्ञानमाण्डू।प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल आश्विन ८ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको १४८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १५.७८९५ प्रतिशतले हुन आउने लाभांश(कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ५८ हजार ५५४ रुपैयाँ बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने १ करोड ९० लाख ५२ हजार २९ रुपैंया नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७५/७६ मा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ८ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x