सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, १२ लाख भन्दा बढिको हात खाली, यसरी हेर्नुहोस् नतिजा


ज्ञानमाण्डू। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चित ३ देखी चैत्र १० गते सम्म सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर(आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले आज सिंगटी हाइड्रो इनर्जी लिमिटेड आइपिओ बाँडफाँट गरेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको उक्त आइपिओमा आवेदन दिएका कुल १६ लाख ३५ हजार ५३७ जना सर्वसाधारण लगानिकार्ता मध्य २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये ७० हजार ७ जना आवेदकको आवेदन रद्द भएको छ । योग्य १५ लाख ६५ हजार ५३० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएको छ । गोलाप्रथामा सहभागी गराइएका १२ लाख ९५ हजार ८ सय ३० जना सर्वसाधारण लगानिकार्ताको हात भने खाली भएको छ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर(आईपीओ) मा आवेदन दिने अन्तिम दिन चैत्र १० गते साँझ कार्यालय समयसम्म, १६ लाख ३५ हजार ५३७ जना सर्वसाधारण लगानिकार्ताले कुल २ अर्ब ४५ करोड २२ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रतिशेयर १०० अंकित मूल्यको दरले सर्वसाधारणहरुको निष्काशनमा ल्याएको २९,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत सामुहिक लगानी कोष र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरि बाँकी रहेको २६,९७,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशनमा ल्याएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

कम्पनीले निष्काशनमा ल्याएको कुल २६ लाख ९७ हजार कित्ता प्राथमिक शेयर(आईपीओ)लाई आधार मान्दा, आवेदन दिने अन्तिम दिन कार्यालय समयसम्म उक्त हाइड्रोको आईपीओमा ९.०९ गुणा बढी आवेदन परेको देखिन्छ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आफ्नो जारी पूँजी रु. १,४५,००,००,०००/- (अक्षरेपी रु. एक अर्ब पैतालीस करोड) मध्ये १० प्रतिशत अर्थात् रु. १४,५०,००,०००/-(अक्षरेपी रु.चौध करोड पचास लाख) रकम बराबरको रु. १००/- अंकित दरका १४,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतीपत्रको आधारमा आयोजना प्रभावित क्षेत्र छुट्टाइएको कम्पनीले जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर (“CARE-NP BB-(IS)”) रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको(Moderate risk of default regarding timely servicing of financial obligation) संकेत गर्दछ ।

सर्वसाधारण लगानीकर्ताले मेराे शेयर, सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइटबिक्री प्रबन्धककाे वेबसाइटमा गइ आइपिओको नतिजा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x