सुर्योदय लघुवित्तको साधारण सभा चैत ३१ गते, बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गते, मंगलबारका दिन आठ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।लघुवित्तको सो सभा बिहान ८ बजे पश्चात् सहयात्री पार्टी प्यालेस, गुडिखोला, पुतलीबजार नगरपालिका वडा नं. ३ स्याङ्गजामा आरम्भ हुने लघुवित्तले जानकारी दिएको छ।

सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको कायम चुक्ता पूँजीको १५ दशमलव ४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव र सोको कर प्रयोजनार्थ ०.८१ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

विशेष प्रस्तावहरुमा सुर्योदय लघुवित्त वित्तीय संस्थाले अन्य कुनै वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यसका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत १९ गतेदेखि चैत ३१ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। यस अर्थ चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x