एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा

ज्ञानमाण्डू।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको जनाएका छन् । 

“यहाँका किसानको जीवनस्तर सुधारका गर्न सुन्तला र कफी खेतीको विकास गर्नु आवश्यक छ , यसमा सरकारले सहयोग गर्छ”,-मन्त्री भट्टको भनाइ रह्यो। गाउँपालिकाका अन्तर्गतका ३०० अशक्त, वृद्धवृद्धा तथा गरिब परिवारलाई कम्बल वितरण गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x