नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर २५२८ दशमलव ९५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०९ अंकले बढेर ४४८ दशमलव ८९ को विन्दुमा पुगेको छ ।


आज कूल २०८ कम्पनीका १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर रु ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ मा खरिद बिक्री भए । 

कारोबार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह ६ दशमलव ६८ अङ्कले घट्दा , विकास बैंक ६.०५ अङ्कले, वित्त ४.७४ अङ्कले, उत्पादन ४२.३३ अङ्कले, अन्य उपसमूह ११.४१ अङ्कले र बी मा उप समूह ९८ दशमलव ७८ अङ्कले घटेका छन्। यता, ट्रेडिङ उपसमूह ३४६ दशमलव ४६ अङ्कले बढ्दा होटल तथा पर्यटन १५५.५ अङ्कले, जलविद्युत् १२९.८४ अङ्कले, निर्जीवन बीमा १७४.०४ अङ्कले, लघुवित्त ६९ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह १ दशमलव ०३ अङ्कले बढेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x